पुस्तकालय स्थापना चैतमा सारियो

सुर्खेत, १ फागुन (जागरण) । कर्णाली प्रदेश प्रहरी कार्यायले आगामी चैत्र २ गते प्रदेशका १० वटै जिल्ला कारागारमा पुस्तकालय स्थापना हुने भएको छ ।
यस अघि फागुन १२ गते पुस्तकालय स्थापना गर्ने भनिएको थियो । तर पुस्तक संकलन तथा पुस्तकालय निर्माणका कारण तोकिएको समयभन्दा केही ढिला आगामी चैत्र २ गतेलाई सारिएको हो ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी तथा कारागारलाई किताब अभियानका संयोजक महेशविक्रम शाहले कर्णालीका १० वटै जिल्लामा एकैसाथ स्थापना हुन लागेको बताउनुभयो ।
कारागारलाई किताब अभियानका अभियन्ताहरूले करीब ५ हजारको हाराहारीमा पुस्तक संकलनको अपेक्षा गरेपनि लक्ष्य पूरा भइसकेको डीआईजी शाहले बताउनुभयो ।