कपुरकोटको हिउँदे अधिवेशनले यसो गर्‍यो

सल्यान, १ फागुन (रेडियो कपुरकोट) । सल्यानको कपुरकोट गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले गएको असारमा पारित वार्षिक निती, कार्यक्रम तथा बजेट शंसोधन गरेको छ ।
हिउँदे अधिवेशनमा विभिन्न शिर्षकबाट रकमान्तर गरी केहि अत्यावश्यक तथा छुट हुन गएका योजनाहरुमा बजेट विनियोजन गरिएको बजेट तर्जुमा समितीका संयोजक तिला बुढा मगरले जानकारी दिनुभयो ।
उहाँले महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई प्रोत्साहन भत्ता ५ लाख रुपैयाँ छुट्याइएको समाचार रेडियो कपुरकोटले पठाएको छ ।