सुर्खेत, २ फागुन (जागरण) कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको कर्णाली महोत्सव–२०७५ को तयारी पूरा गरिएको छ ।
सुर्खेत च्याम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गरिन लागिएको सम्पूर्ण तयारी पूरा भएको हो ।
वीरेन्द्रनगरको खुल्ला मञ्चमा सञ्चालन गर्न लागेको महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुहुनेछ ।
भोली दिउसो १२ बजे मंगलगढी चौकबाट झाँकीसहितको ¥याली निकालिने महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सुर्खेत च्याम्बर अफ कमर्सका अध्यक्ष चिन्तमणि शर्माले जानकारी दिनुभयो ।
उहाँले महोत्सवमा कर्णाली प्रदेशमै उत्पादिन कृषि, लघुउद्यम बस्तुहरुको प्रदर्शनी गर्ने बताउनुभयो ।
फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा ६० लाख खर्च लाग्ने अनुमान आयोजकले गरेको छ ।
महोत्सव अवधिभर झण्डै दुईलाख दर्शकहरुले अवलोकन गर्ने र १० करोडको कारोवार गर्ने अपेक्षा आयोजक को छ ।