कर्णाली प्रदेशमा चार वटा संसदीय समितिहरु गठन

सुर्खेत, २६ चैत (जागरण) । कर्णाली प्रदेशमा चार वटा संसदीय समितिहरु गठन भएका छन् ।
संसदको कामलाई प्रभावकारी बनाउन समिति गठन गरिएका हुन् । आज बसेको प्रदेश संसदको वैठकले समिति गठनसँगै सदस्यहरुको समेत टुंगो लगाएको छ ।
संसदले विधायन तथा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति गठन गरेको हो ।
विधायन तथा प्रदेश मामिला समितिमा सांसदहरु देवी वली, विन्दमान विष्ट, धर्मराज रोग्मी, चन्द्रबहादुर शाही, जीवनबहादुर शाही, पदमबहादुर रोकाय, र मिनासिंह रखाल सदस्य रहेका छन् ।

यस्तै, सार्वजनिक लेखा समितिमा सांसदहरु झोवा बिक, करवीर शाही, गोपाल शर्मा, गणेशप्रसाद सिंह, बदमीकुमारी बोहोरा, बदगुलावजंग शाह र दिनबन्धु श्रेष्ठ सदस्य रहेका छन् ।

अर्थ तथा प्राकृतिक स्रोत समितिमा सांदहरु सीताकुमारी नेपाली, हिमबहादुर शाही, अमृता शाही, कुर्मराज शाही, अमरबहादुर थापा, दानसिंह परियार, धीरबहादुर शाही, यामलाल कँडेल र शोसिला शाही सदस्य रहेका छन् ।
सामाजिक विकास समितिमा सांसदहरु राजु नेपाली, सुशीलकुमार थापा, कृष्ण शाह, कौशीलावती खत्री, ठम्मरबहादुर विष्ट, पदमा खड्का, यज्ञबहादुर बिसी र रातो कामी सदस्य रहेका छन् ।
आजको वैठकले सदस्यहरुको टुंगो लगाएपनि समितिका अध्यक्षहरु भने सदस्यहरुले नै चयन गर्नेछन् । अध्यक्ष चयन नहुँदा सम्म समितिका ज्येष्ठ सदस्यले वैठकको अध्यक्षता गर्नेछन् ।
यसैबिच, आजको वैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । वैठकमा बोल्दै सांसद कृष्णा शाहले तत्काल जाजरकोटमा औषधी पु¥याउन माग गर्नुभयो ।
जाजरकोटमा सिटामोलसमेत सकिएको र बिरामीहरुलाई उपचारमा समस्या भएको भन्दै सांसदहरुले तत्काल औषधीको व्यवस्था गर्न माग गरेका हुन् । सांसद गणेशप्रसाद सिंहले प्रदेश सरकारले तत्काल औषधी पु¥याउनुपर्ने माग गर्नुभयो ।
वैठकको शुन्य समय र विशेष समयमा बोल्ने सांसदहरुले तत्काल सुर्खेतका बाढीपिडीतहरुको पुनःस्थापना गर्न समेत सरकारसँग माग गरे । संसद वैठक अर्को सुचना प्रकाशित नहुँदा सम्मका लागि स्थगित गरिएको छ ।