सुर्खेत उपत्यका खानेपानी देशभरकै उत्कृष्ट

सुर्खेेेत, ३ फागुन (जागरण) । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था देशभरको उत्कृष्ट खानेपानी संस्था बनेको छ ।
प्राकृतिक रुपमा खानेपानीको स्रोतको अभावका बावजुद् खानेपानीको संस्थागत सुधार र स्तर उन्नतिलाई रचनात्मक रुपले अगाडी बढाएर उत्कृष्ट बनेको हो ।नगर विकास कोषको आंशिक लागत असुली र सहभागीतामा निर्माण भएका देशैभरीका साना सहरी खानेपानी आयोजनाहरु मध्ये सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्था उत्कृष्ट संस्थाको रुपमा छनौट हुनु सफल भएको छ ।
कोषको ३१ औँ वार्षिक उत्सवको अवसरमा काठमाडौमा भएको कार्यक्रममा सहरी विकास मन्त्री मोहमद इस्तियाक राईले संस्थाका अध्यक्ष कुलमणी देवकोटालाई उत्कृष्ट संस्थाको रुपमा कदर पत्र प्रदान गर्नुभएको छ ।