सिचाई कुलो शिलान्यास

सुर्खेत, ३ फागुन (जागरण) । सुर्खेतको पञ्चपुरी नगरपालिका सालकोटस्थित लगममाचौर बुदबुदी लगम सिचाई कुलो शिलान्यास गरिएको छ । सुर्खेत निर्वाचन क्षेत्र न २ का प्रतिनिधिसभा साँसद नवराज रावतले कुलो शिलान्यास गर्नुभएको हो ।
आफ्नो निर्वाचन क्षेत्रको स्थानीय बिकास साझेदारी कार्यक्रम अन्तर्गत ४ करोड रुपैयाँ मध्ये सांसद रावतले ५० लाख रुपैयाँ बजेट कुलो निर्माणका लागि बिनियोजन गर्नु भएको छ ।
सिचाई कुलो निर्माण सम्पन्न भएपछी साबिक सालकोट लगमाका करिव तीन सय घरधुरी किसान लाभान्वित हुने छन् । रावतले विकास निर्माणका काम आफ्नो पहिलो प्राथमिकता रहेकोले जनतालाई उत्साहित हुने गरी काम गर्ने र आफ्नो कार्यकाल भरी उल्लेखनीय विकास गर्ने बताउनु भयो ।