सुर्खेत, ३ फागुन (जागरण) । कर्णालीमा प्रदेश सरकारले एक वर्ष पुगेको अवसरमा आफ्नो प्रगती सार्वजनिक गरेको छ । अघिल्लो वर्ष फागुन ३ गते गठन भएको प्रदेश सरकारले पहिलो वर्षको प्रगति विवरण आज सार्वजनिक गरेको हो ।
सो अवसरमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली बासीको सुख र समृद्धिको लागि सरकार दुरगामी सोचका साथ अगाडी बढिरहेको बताउनुभयो ।
साथै उहाँले कर्णालीको बिकासका लागि आधारहरु तयार भइसकेको भन्दै अब सरकारले गति लिने दाबी गर्नुभयो ।
विभिन्न संरचनागत, कानुनी अस्पष्टताकाबिच पनि प्रदेश सरकारले आफ्ना कार्यहरु अगाढी बढाइरहेको मुख्यमन्त्री शाहीको भनाइ छ ।
प्रदेश सरकारले प्रदेशको नामाकरण र राजधानि तोकेर ऐतिहासिक काम गरेको जनाएको छ । मुख्यमन्त्री शाहीले कर्णालीमा विकासका गतिविधिहरुलाई अघि बढाउन योजना आयोगको गठन गरेर योजनाको अवधारणा तयार गर्ने कार्य अन्तिम चरणमा पुगेको समेत जानकारी दिनुभयो ।
प्रदेश सरकारले पहिलो वर्षलाई अध्ययन अनुसन्धान, योजना र कानुन निर्माणका लागी लिएको भन्दै हालसम्म १७ वटा कानुन निर्माण, २७ वटा निति निमावली, मापदण्ड, निर्देशिकाहरु र प्रदेश मातहत १ सय ८ वटा संचरना निर्माण गरिएको प्रदेश सरकारको भनाई छ ।
हेर्नुहोस् भिडियोः