कर्णाली महोत्सवको उद्घाटन सर्यो

सुर्खेत, ३ फागुन (जागरण) । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरिएको ‘कर्णाली महोत्सव २०७५’ को उद्घाटन भोली शनिवार गरिने भएको छ ।
आज शुक्रबार उद्घाटन गर्ने निर्धारण गरिएकोमा अविरल वर्षाका कारण अब भोली उद्घाटन गर्नुपर्ने भएको हो । सुर्खेत चेम्बर अफ कमर्सको आयोजनामा हुन लागेको महोत्सव फागुन ११ गतेसम्मका लागि निर्धारण गरिएको छ ।
महोत्सवमा कृषि, लघुउद्यम र पर्यटन प्रवर्द्धन सम्वन्धी स्टलहरुको अवलोकन गर्नका साथै चर्चित कलाकारहरुले पनि महोत्सव अवधिभर मनोरञ्जन प्रदान गर्नेछन् ।