फोहोर व्यवस्थापनका लागि ट्याक्टर खरिद

सुर्खेत, ४ फागुन (जागरण) ।  वीरेन्द्रनगर नगरपालिका वडा नं. ४ ले वडाको फोहोर व्यवस्थापनका लागि ट्याक्टर खरिद गरेको छ । हिजो विहानदेखि सो ट्याक्टरले वडाभित्रको फोहोर विसर्जन गर्न थालेको हो ।
वडाअध्यक्ष निलकण्ठ खनालले शहरोन्मुख रहेको वडामा फोहोर बढ्दै गएको र बेलैमा व्यवस्थापनका लागि ट्याक्टर खरिद गरिएको बताउनुभयो ।
उहाँले वडाकै करिव १९ लाखको बजेटबाट खरिद गरिएको ट्याक्टरले फोहोर व्यवस्थापन गर्न सहयोग पुग्ने बताउनुभयो ।