असाहयहरुको उद्वार

सुर्खेत, ४ फागुन (जागरण) । सुर्खेतका विभिन्न सडक पेटी र मन्दिरहरुमा मागेर जीवन विताउदै आएका असाहयहरुको उद्वार गरिएको छ ।
मानवसेवा आश्रमले आज मात्रै तीन जनाको उद्वार गरी आफ्नो आश्रममा लिएको छ । सडक पेटीको अवस्था अवलोकन गरी देउती बज्यै परिसरमा पुग्ने भक्तजनबाट सहयोगको याचना गरिरहेका तीन जनालाई उद्दार गरी आश्रममा ल्याइएको आश्रम शाखा सुर्खेतकी संयोजक सृजना ओलीले जानकारी दिनुभयो ।


यस्तै, यरिचोक क्षेत्रबाट दुईजना मानसिक सन्तुलन कमजोर भएका व्यक्तिलाई पनि उद्वार गरीएको छ ।
सुर्खेतका विभिन्न सडक पेटी र मन्दिरहरुमा मागेर जीवन विताउदै आएका असाहयहरुको उद्वार गरिएको छ ।