नन्द कठायत ।
सुर्खेत, ५ फागुन (जागरण) । वीरेन्द्रनगरमा कर्णाली महोत्सव–२०७५ सुरु भएको छ । पर्यटन प्रवद्र्धनका लागि भन्दै सुर्खेत च्याम्बर अफ कमर्सको आयोजनामा महोत्सव सुरु भएको हो । प्रदेश सरकारका आर्थिक मामीला तथा योजनामन्त्री प्रकाश ज्वालाले महोत्सवको उद्घाटन गर्नुभयो ।
महोत्सव उद्घाटनमा मन्त्री ज्वालाले विभिन्न समयमा हुने महोत्सवहरुले आर्थिक र सांस्कृतिक क्रियाकलापहरुको चहलपहल बढाउने बताउनुभयो ।
फागुन ११ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३ सय ५० वटा स्टल छन् । महोत्सव अवधिभर करिव दुईलाख दर्शकहरुले अवलोकन गर्ने र १० करोडको कारोवार हुने आयोजकको दावी छ ।
यस्तै महोत्सवको अवसरमा सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणी शर्माले ११ बदेँ मागपत्र प्रदेश सरकारलाई बुझाउनुभएको छ ।
बेलाबेलामा विभिन्न नारा दिएर मेला तथा महोत्सबहरु हुने गरेका छन् । यसैबीच, हामीले बेलाबखत हुने मेला र महोत्सबबाट पर्यटनको प्रवद्र्वन र विकासमा कस्तो सहयोग पुग्ला ? भनेर जनतालाई सोधेका छौँ ।
प्रश्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः