नन्द कठायत ।
जुम्ला, ५ फागुन (जागरण) । जागरणले नियमीत रुपमा स्थानिय सरकारका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । स्थानिय सरकार जनताको सवैभन्दा नजिकको सरकार हो । नजिकको सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो ।
स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ । अहिले स्थानिय तहहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने क्रममा छन् । चालु आर्थिक वर्षको असारमा भएका गाउँसभाले निर्धारण गरेका योजनाहरु कार्यन्वयन हुँदैछन् ।
स्थानीय सरकार अन्तर्गत हामीले जुम्लाको हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायसँग कुराकानी गरेका छौँ । उहाँलाई सहकर्मी नन्द कठायतले सबैभन्दा पहिला अहिलेसम्म राम्रा कामहरु के के गर्नुभयो ? भनेर सोध्नु भएको छ ।
सुन्नुहोस् कुराकानीः