सुर्खेत, ५ फागुन (जागरण) । सल्यानमा तल्लो जातकी कमेनी भनि हेला गरि बुहारीलाइ घर निकाला गर्ने दम्पतीलाइ प्रहरीले पक्राउ गरेको छ । कुमाख गाउँपालिका वडा नम्बर ६ च्याउखोला निवासी २० वर्षीया एलिसा विकलाइ तल्लो जातकी भनि घर निकाला गरिएको अभियोगमा ससुरा ४५ वर्षीय युद्धवीर रावत र सासु ४२ वर्षीया पीमकली रावतलाइ प्रहरीले घरबाटै पक्राउ गरेको जनाएको छ ।
घटनामा संलगन पीडितका पति २२ वर्षीय टिकाराम रावत भने घटना पछि फरार रहेको सल्यान प्रहरी प्रमुख डिएसपी विरेन्द्र बहादुर शाहीले जानकारी दिएका छन् । ०७३ सालमा २२ वर्षीय टिकाराम रावत संग अन्तरजातीय प्रेम विहे गरेको बताउँदै पीडित विकले विवाह भएको केही समय पछिबाट घर परिवार र पतिले समेत हेला गर्दै आएको र माघ २९ गते कुटपीट गरि घ रनिकाला गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा फागुन २ गते निवेदन दिएको आधारमा उनिहरुलाइ अनुसन्धानका लागी पक्राउ गरेको शाहीले बताए । पीडितले आज आइतबार जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी मुद्दा दर्ता गराएकी छन् । मुद्दा दर्ताको काम सकिएपछि आज पीडित जाजरकोट माइतीको घरमा गएकी छन् ।