सामाजिक सुरक्षा भत्ता बैक मार्फत

सुर्खेत, ५ फागुन (जागरण) । कालिकोटको रास्कोट नगरपालिकाले सामाजिक सुरक्षा भत्ता सिधै बैंक खाताबाट बितरण गर्न सुरु गरेको छ ।
यस अघि हातैमा दिदै आएको सामाजिक सुरक्षा भत्ता दुरुपयोग भएको भन्ने जनगुनासो आएपछि नगरले बैक खाताबाटै सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरेको हो ।

सामाजिक सुरक्षा भत्ता पारदर्शी रुपमा बितरण गर्न बैक खाताबाटै सम्बन्धित व्यक्तिकैै खातामा भुक्तानी दिने व्यवस्था मिलाईएको समाचार रेडियो चंखेलीले पठाएको छ ।