प्रजातन्त्र दिवशका अबशरमा सरसफाई गरिने

सुर्खेत, ५ फागुन (जागरण) । राष्ट्रिय प्रजातन्त्र दिवस सल्यानमा बिबिध कार्यक्रम गरेर मनाईने भएको छ । बिभिन्न सरोकारवालाहरुको आज जिल्ला प्रशासनकार्यालयमा सम्पन्न बैठकले ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवशबिबिध कार्यक्रम गरेर फागुन ६,७ र ८ गते मनाउने निर्णय गरेको हो ।
सरोकारवालाहरुको बैठकले जिल्ला समन्वयसमिती सल्यानका प्रमुख केशबहादुर बिष्टको अध्यक्षतामा बिभिन्न सरोकारवाला निकायहरु सदस्यरहने गरी मुलसमारोह समिती गठन गरिएको समाचार रेडियो राप्ती सल्यानले पठाएको छ । ।