डोल्पामा विद्युत सेवा बन्द, करिब १२ सय परिवार अन्धकारमा

सुर्खेत, ५ फागुन (जागरण) । डोल्पाको सदरमुकाम दुनैमा रहेको विद्युत नहरमा पहिरो जाँदा विद्युत सेवा बन्द भएको छ । सदरमुकाम दुनैमा रहेको जैरिगार विद्युत उत्पादन केन्द्रको नहरमा हिजो राति पहिरो जाँदा विद्युत सेवा अवरुद्ध भएको हो ।


कुल २ सय किलोवाट क्षमता रहेको जैरिगार विद्युत उत्पादन केन्द्रको नहरमा सुख्खा पहिरो खसेपछि विद्युतको नहर भत्काएर क्षतविक्षत पारेको छ ।
नहरमा पहिरो खसेपछि सदुरमुकाम दुनैसहित आसपासका १२ सय घरधुरी अन्धकार भएका छन् ।