कृर्षी मन्त्रालयको एक वर्षमा गरेका कामको समिक्षा (अडियो)

सुर्खेत, ६ फागुन (जागरण) । कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षको अवधिमा गरेका कामहरुको समिक्षा गरेको छ ।
यस अवधिमा मन्त्रालयले विभिन्न कार्यक्रमहरु गरेको बताएको छ । यस्तै मन्त्रालयले आगामी बर्ष किसानकाहरुका लागि किसान सरकार हातेमालो कार्यक्रम र व्यवसायिक कृषक प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।


मन्त्रालयले आज पत्रकार सम्मेलन गरि वार्षिक प्रगती प्रतिबेदन सार्वजनिक गरेको हो ।
यस्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आजदेखि किसानहरुको गुनासो सुनुवाई गर्नका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।
यसैविच हामीले भूमि व्यवस्था, कृषि तथा सहकारी बिमला केसीसंग कुराकानी गरेका छाँै । उहाँलाई सहकार्मी मुना हमालले सबै भन्दा पहिला मन्त्रालय गठन भएको एक वर्षको अवधिमा के के काम गर्नुभयो ? भनेर सोधेका छौँ ।

(सुन्नुस अडियो)