सल्यानमा अझै खलोप्रथा कायमै

सुर्खेत, ६ फागुन (जागरण) । सल्यानमा खलोप्रथा अझै कायमै रहेको छ । २०६७ साल असोज २१ गते नेपाल सरकारले देश खलिया प्रथा अन्त्य भएको घोषणा गरेपनि जिल्लामा भने उक्त प्रथा कायम रहेको छ ।
गाउँमा उत्पादित औजारले बजार नपाउने र काम गरेबापत स्थानीयले ज्याला नदिने गरेकाले खलोप्रथा कायमै रहेको समाचार रेडियो राप्तीले पठाएको छ ।
हँसिया,हथौडा,खुकुरी,खुर्पा, कोदालो लगायतका फलामका सामग्री निर्माण र मर्मत तथा कपडा सिलाए बापत उनीहरूले वार्षि करूपमा अन्न पाउँदै आएका छन् ।