सल्यानबाट नौ महिनामा ७९ करोडभन्दा धेरैको कृषि उपज निर्यात्

सल्यान, २९ चैत (जागरण) । सल्यानबाट चालु आर्थिक वर्षको ९ महिनामा ७९ करोड रुपैयाँभन्दा बढीको कृषिजन्य सामग्री निर्यात गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार गत आर्थिक वर्षमा ६७ करोड १७ लाख ७१ मूल्यको कृषिजन्य सामग्री बाहिरिएको हो ।
जिल्लाका प्रमुख व्यापारिक केन्द्र कपुरकोट, रामपुर र सल्लीबजारबाट उक्त परिमाणको तरकारीलगायतका वस्तु बाहिर जिल्लामा पठाइएको छ ।
कार्यालयका अनुसार करिब ३० करोड ३७ लाख मूल्यको १६ हजार ५ सय १६ मेट्रिक टन सुन्तला बाहिर जिल्लामा गएको छ  । त्यस्तै, १९ करोड ९७ लाख ४५ हजार मूल्यको ३४ हजार ६ सय ४४ मेट्रिक टन तरकारी बाहिरिएको छ ।
जिल्लाका विभिन्न स्थानबाट बाहिरिएको कृषिजन्य सामग्री बुटवल, दाङ, पोखरा, काठमाडांै, नेपालगन्ज, कोहलपुर लगायतका क्षेत्रमा पुग्ने गरेको छ ।
–Kantipur