नेपालले मलेसियासँग खेल्दै

काठमाण्डौँ, ७ फागुन (जागरण) । आईसीसी महिला विश्वकप क्रिकेटको एसिया छनोटका लागि आज नेपालको राष्ट्रिय महिला क्रिकेट टोलीले आफ्नो पहिलो खेल खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान पौने ९ बजे मलेसियासंग खेल्नेछ ।
छनोट प्रतियोगिता थाइल्याण्डमा सुरु भएको हो । पहिलो दिन भएको तीन खेलमा आयोजक थाइल्याण्ड, हङकङ र मलेसियाले बिजयी सुरुवात गरेका छन् ।
राउण्ड रोबिनको आधारमा हुने छनोटको बिजेताले आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ ।