कृषि सहकारी संघले दियो व्यवसायिक योजना तथा प्रस्तावना लेखन तालिम

सुर्खेत, २९ चैत (जागरण) । जिल्ला कृषि सहकारी संघ वीरेन्द्रनगर सुर्खेतको आयोजनामा सात दिने व्ययवसायिक योजना तथा प्रस्तावना लेखन तालिम चौकुने गाउँपालिकामा सम्पन्न भएको छ ।
चौकुने गाउँपालिकाको आर्थिक सहयोगमा गाउँपालिकामा रहेका कृषि समुह तथा सहकारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको प्रमुख आतिथ्यतामा र संस्थाका अध्यक्ष पञ्चकला रावतको सभापतित्वमा सम्पन्न भएको तालिममा गाउँपालिकाका २२ वटा कृषि सहकारी तथा समुहहरुको सहभागिता थियो ।