प्रदेश अस्पतालद्वारा ६० हजार बढीको उपचार

सुर्खेत, ७ फागुन (जागरण) । सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालले गत आर्थिक बर्षमा ६० हजार बढी विरामीलाई उपचार सेवा दिएको छ ।
प्रदेश अस्पताल स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त जानकारी दिदैं यस अस्पतालले मुख्यगरी कर्णाली प्रदेशका बासिन्दाहरुलाई उपचार गरेको हो ।


गत आर्थिक बर्षमा अस्पतालको बहिरंग सेवाबाट ६० हजार बढी र आकस्मिकमा करिव १० हजार नागरिकले सेवा लिएको अस्पतालले जनाएको छ ।
अन्तरंग सेवाबाट १२ हजार बढी र करिव ४ हजारलाई सुत्केरी सेवा दिइएको छ । मेजर अप्रेशन करिव एक हजार ५ सय वटा गरिएको छ ।