कर्णाली सरकारलाई हजार बढी कर्मचारी अभाव

सुर्खेत, ९ फागुन (जागरण) । कर्णाली प्रदेश सरकारलाई लगभक एक हजार कर्मचारीको अभाव रहेको छ । तीनै तहका सरकारमा कर्मचारी समायोजनको समस्या भएका कारणले प्रदेश सरकारलाई कर्मचारीको अभाव भएको हो ।
प्रदेश सरकारलाई एक हजार २ सय ६४ कर्मचारीको दरबन्दी भए पनि अहिले १ हजार ३ सय १२ जना कर्मचारी रहेका छन् भने एक हजार ५२ जना कर्मचारी अभाव रहेको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सार्वजनिक गरेको कर्णाली प्रदेश सरकारको एक वर्षे संक्षिप्त प्रगति विवरणमा उल्लेख छ ।

मुख्यमन्त्री शाहीले सार्वजनिक गरेको एकवर्षे कर्णाली प्रगति विवरणमा उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयमा सबैभन्दा बढी कर्मचारीको आवश्यकता रहेको उल्लेख गरिएको छ ।
मन्त्रालयमा ७ सय ४९ जना कर्मचारीको दरवन्दी रहेको भएपनि २ सय २० जनाको पदपूर्ति भएको ५ सय २९ जना रिक्त रहेको जनाएको छ ।