भोलीदेखि कर्णाली प्रदेशस्तरिय खेलकुद्

सुर्खेत, १० फागुन (जागरण) । सुर्खेतमा भोलीदेखि कर्णाली प्रदेशस्तरिय खेलकुद प्रतियागिता सञ्चालन हुने भएको छ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडि छनोट गर्न भोलीदेखि फागुन २६ गते सम्म प्रतियोगिताहरु सञ्चालन गर्न लागिएको हो ।
कर्णाली प्रदेशका १० वटै जिल्लाका खेलाडिहरुले विभिन्न २१ वटा खेलमा प्रतिस्पर्धा गर्ने प्रदेश खेलकुद परिषद्का प्रचार प्रसार संयोजक अर्जुनजंग शाहीले बताउनुभयो ।
आठौँ राष्ट्रिय खेलकुदमा भने खेलाडिहरुले ३५ वटा खेलमा प्रतिस्पर्धा गर्नेछन् । आठौँ राष्ट्रिय खेलकुद चौतको अन्तिम हप्तादेखि शुरु गर्ने तयारी छ । त्यसका लागि बाँकेको नेपालगञ्जमा भौतिक पूर्वाधार निर्माणको कार्य तिव्रताका साथ अघि बढेको छ ।