मुख्य न्यायधिवक्ता बनेपछि मानन्धरको भनाई पढ्नुहोस्

सुर्खेत, २९ चैत (जागरण) । आफ्नो कार्यभार सम्हालेपछि कर्णाली प्रदेशका मुख्य न्यायधिवक्ता विद्याभुषण मानन्धरले राज्यले दिएको जिम्मेवारीलाई सहजताका साथ निर्वाह गर्ने प्रतिवद्धता जनाउनुभयो ।
जागरणसँगको कुराकानीमा मानन्धरले मुख्य न्यायधिवक्ताको कार्य नै सरकारलाई कानूनी सल्लाह दिनेदेखि सरकार विरोधी मुद्दामा वहस, पैरवी गर्नुपर्ने भएकाले आफू त्यसैअनुसार लाग्ने बताउनुभयो ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा उहाँ मुख्य न्याधिवक्तामा नियुक्त हुनुभएको हो ।

प्रदेश सरकारको प्रमुख कानुनी सल्लाहकारका रुपमा मुख्यन्यायधीवक्तालाई लिइन्छ । मुख्य न्याधिवक्ता मानन्धर वि.स २०५२ सालदेखि सुर्खेतमा अधिवक्ताका रुपमा काम गर्दै आउनु भएको थियो ।