बजारमा, ‘जता पनि ठीक पार्छौ’ (भिडियो सहित)

काठमाण्डौँ, १० फाल्गुन (जागरण) । चर्चित गायक तथा मोडल सुमन परियार र सपना विश्वकर्माको स्वरमा रोइला गित जता पनि ठिक पार्छौ’ बजारमा आएको छ ।
सप्तक डिजिटल प्रा. ली. ले बजारमा ल्याएको रोइला गीतमा संचारकर्मी एवम् गीतकार शारदा मरासिनी (सरु) को शब्द/संगीत छ ।
गीतभित्र पिरतिमा मिलन वा विछोडको टुंगो नभएको र अविश्वास बढेको कुरालाई इङ्गित गर्न खोजिएको छ । गीतमा गीतकार सरुले ‘यता पनि ठिक्क बन्छन्, उता पनि बन्छन नि धेरै मिठो बोल्नेहरुको भर हुदैँन भन्छन् नि क्यारी विश्वास गर्नु खै’ भनेर लेख्नुभएको छ ।
गीत संगै गीतको भिडियो पनि उत्कृष्ट बनाइएको छ । गीतको भिडियोमा मदन खडका, सुनिता विश्वकर्मा, रन्जना सुनारको अभिनय छ भने मदन खडकाको निर्देशन, वीरेन्द्र भट्टको छायांकन र अनिल रानाको सम्पादन छ ।
हेर्नुहोस् भिडियोः