पाल्पा, १२ फागुन (जागरण) । सुर्खेतको सिम्ता गाउँपालिका र पाल्पाको बगनासकाली गाउँपालिकाले आफ्ना काम र अनुभव साटासाट गरेका छन् ।
अवलोकन भ्रमणमा रहेको सिम्ता गाउँपालिकाको टोलीलाई भव्य स्वागत गर्दै बगनासकालीले आफ्ना कामहरु बारे जानकारी गराएको छ भने सिम्ता गाउँपालिकाकले पनि राम्रा कुराहरु बाँडेको हो ।
अनुभव साटासाट गर्ने क्रममा बगनासकाली गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले डिप्लोमा पास भएकाे शैक्षिक प्रमाणपत्र धाेताे राखि ऋण दिने गरिएको, एक वडा एक कृषि वाली पकेट क्षेत्र घाेषणा गरिएको, बालमैत्री स्थानीय शासनकाे लागि पुर्व तयारी, अनलाइन व्यक्तिगत घटना दर्ता शुरूवात गरेको, शुन्य हाेम डेलिभरी गाउँपालिका घाेषणा लगायतका राम्रा काम बारे सिम्ताकाे भ्रमण टाेलिलाई जानकारी दिनु भएको छ ।
भ्रमण टाेलिकाे तर्फबाट सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार के.सी.ले आफूहरुले गरेका अपांगता छात्रावासकाे स्थापना,१५ महिने कृषि प्राविधिक पढाई, सरकारी कार्यालयमा विद्युतिय हाँजिर जडान, सबै वडा कार्यलयमा इन्टरनेट जडान, गाउँपालिकामा सिसि क्यामरा जडान,चौमासिक रूपमा स्वास्थ शिविर सञ्चालन, सबै वडामा पहुँच मार्ग निर्माण, सिम्ता विद्युतिकरण, गाेबर ग्यासमा निर्माणमा प्रत्येक घरलाई १२ हजार अनुदान, मटु, मिर्गौला डाइलेसिस, मेरूदण्ड र क्यान्सर राेगिलाई १५ हजार अनुदान, विपतमा परेकालाई ५ हजार अनुदान,टकिङ्ग टिचर लागू, माेबाल एप्स, आइसिटी सेवा, सिम्तालि माेडेल अनुसार विकास र जनतासँग सिम्ता गाउँपालिका लगायत राम्रा काम र नयाँ अभ्यासबारे जानकारी गराउनु भएको छ । दुबै गाउँपालिकाकाले एकअर्काका राम्रा काम र गतिविधि अनुसरण गर्ने सहमति समेत भएको छ ।