वीरेन्द्रनगरका एक सय ६२ जनालाई जग्गाधनी पुर्जा

सुर्खेत, १२ फागुन (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले वडा नम्वर ८ का एक सय ६२ जनालाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको छ।
विगतमा वीरेन्द्रनगरको वडा नं १ देखि १२ सम्म गुरूयोजना निर्माण हुँदा नगरपालिकाले वडानम्वर ८ (साविकको वडा नम्वर ९) आवास क्षेत्रका नागरिकलाई असर परेको थियो । नगरपालिकाले सोही ठाउँमा पुगेर एक समारोहका बिच जग्गा धनी पुर्जा वितरण गरेको हो ।

पुर्जा वितरण गर्दै नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष ।

नगर प्रमुख देवकुमार सुवेदी, उपप्रमुख मोहनमाया ढकाल र वडानम्वर ८ का अध्यक्ष थम्मप्रसाद गौतमले संयुक्त रुपमा पुर्जा प्रदान गर्नुभएको हो । पुर्जा वितरण गर्दै नगरप्रमुख सुवेदीले पुर्जा वितरणले नगरको गुरुयोजनालाई सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रममा वडा नम्वर ७ र ८ का स्थानीय नागरिकहरुको सहभागिता थियो । अव वडा नम्बर ७ का नयाँ जग्गाधनिलाई पुर्जा वितरण गरिने नगरपालिकाले जनाएको छ ।