विकासतर्फ फड्को मार्दै नौमुले क्षेत्र

पंख बहादुर शाही ।

दैलेख, १३ फागुन (रेडियो दुल्लु) । तत्कालिन द्धन्द्धको समयमा नेकपा माओवादीको हेडक्वाटर बनेको दैलेखको नौमुले शान्ति स्थापनापछि विकासतिर लम्किन थालेको छ । सिंहदरबारका अधिकार गाउँमा गएपछि नौमुले क्षेत्रले विकासमा फड्को मार्न थालेको हो ।
दैलेखको दुल्लू र नौमुलेमा स्थानीय नागरिक माओवादीको ज्यादती विरुद्ध खनिएपछि नेपाल सरकारले त्यस भेगमा विकासको लागि विशेष कार्यक्रम मार्फत नौमुलेमा तीन करोडको बजेट विनियोजन गरी विकासको विजारोपण गरेको थियो । माओवादीको हेडक्वाटर नामले चिनिएको क्षेत्र हिजोआज हाइड्रोपावर हवले चिनिएको छ ।