कोपिला भ्याली र यसका गतिविधि (अडियो सहित)

मुना हमाल ।
सुर्खेत, १४ फागुन (जागरण) । वि.सं. २०६४ सालमा सुर्खेतमा स्थापना भएको कोपिला भ्याली समाजले वीरेन्द्रनगरमा हाल कोपिला भ्याली स्कुल सञ्चालन गरिरहेको छ ।

अमेरिकी नागरिक म्यागी डोयन र कालिकोटका टोपबहादुर मल्लको सक्रियतामा करिब साढे चार सय बालकालिकाले यो विद्यालयमा शिक्षा पाइरहेका छन् । यस क्षेत्रका अभिभावक बिहिन बालबालिकालाई लक्षित गरी यो विद्यालय संचालन भइरहेको छ । यसै बिषयमा हामीले संस्थाका अध्यक्ष टोपबहादुर मल्लसंग कुराकानी गरेका छौँ । उहाँलाई हामीले सबैभन्दा पहिले यो स्कुलको सुरुवात कसरी गर्नुभयो ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः