सम्झनामा रविन्द्र अधिकारी (कविता)

लेखकः विनिता बोगटी

हजुर कुन हत्तारमा हुनुहुन्थ्यो
त्यसैले जिन्दगीको अन्तिम घडिमा पुग्नुभयो
हावाको वेग झै आकाशमा मौसमी खराबि
त्योे अधेरो दिन बाटो खोज्दै बहनु पर्ने के त्यस्तो बाध्यता थियो ।।
हजुरको मिठो मुस्कान, ति समाजका प्रिय जनताहरुको
माया बटुलि लक्ष्यका साथ, उडिएरहेको त्यो शरिर
पाथीभर मन्दिरको अगाडि हजुरको कालो दिन
खस्नु पर्ने के बाध्यता थियो ।
अमीट आकांक्षा बोकी यो देश नेपाललाई परिवर्तन गर्ने
बाचा , कसम, सफत लिई समाजमा निस्कीएको अवश्य हो ।
तर, कुन दैवको श्र्राप पर्यो या हजुरको जिवन लिलाको खेल ।।
समाप्ती त्यती नै थियो, त्यसैले जानुभयो यो देश
समृद्ध, सुखी नेपाल नबनाई ।
त्यसैले चढाउनुभयो जीवनदान चाडै नै,
इश्वरलाई छोटो आयुको समय, बोकेर आउनुभएछ
संसारभरी आफुलाई चिनाई तर जानु भयो बिचमा सबैलाई रुवाई ।।

चडाउदैछौँ श्र्रदान्जली माननिय ज्यु हजुरको चिर आत्माको लागि
देह हजुरको माटो भएपनि अविश्मरणिय रहोस् हजुरको मुहारको
आभा, कान्ती अनि मिलोस् हजुरको आत्मालाई सदा सदा शान्ती ।