सुर्खेत, १६ फागुन (जागरण) । कर्णालीमा प्रदेश सभाको तेस्रो अर्थात हिउँदे अधिवेशनको पहिलो बैठकमा पेश भएका विधेयक बारे शनिवारदेखि छलफल हुने भएको छ ।
करिब चार महिनापछि प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो वैठकमा दुईवटा विधेयक पेश भएका छन् ।
संसदमा आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले प्रदेश सार्वजनिक प्रशारण र शुसासन कायम गर्ने सम्बन्धी विधेयक संसद बैठकमा टेबुल गर्नुभएको हो ।
गठन भएको एक वर्षमा प्रदेश सरकारले कर्मचारी अभाव र केन्द्रले आवश्यक कानुन निर्माण नगर्दा काम गर्न नसकिएको जनाएको छ ।