काठमाण्डौँ, १६ फागुन (जागरण) । भोलीदेखि मौसममा सुधार आउने भएको छ ।
फागुन १३ गते रातीदेखि भइरहेको मौसमको गडवडी अव आज साँझ सम्म कायमै रहने छ । मौसमको सुधार भोलीदेखि हुने मौसमविद्हरुले बताएका छन् ।
कर्णाली प्रदेशका हिमाली जिल्लालगायत विभिन्न ठाउँमा हिमपात भएको छ । मुगु, जुम्ला, डोल्पालगायतका जिल्लामा पटक पटक भइरहेको वर्षा र हिमपातका कारण अत्याधिक चिसो बढेको छ । चिसोका कारण अधिकांश विद्यालय बन्द गरिएको छ ।
पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ ।
मध्य, पश्चिम र पूर्वी भूभागको मौसम बिहीबार बेलुकीसम्म बदली हुने मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।