‘गुणस्तरिय शिक्षा’, धेरैले थाह नपाएको कुरा यसरी बोले ओलीले (हेर्नुहोस् भिडियोसहित)

सुर्खेत, २ वैशाख (जागरण) । प्रधामन्त्री केपी ओलीले देश बनाउने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले यस्तो बताउनुभएको हो ।
उहाँले अब कोही बालबालिका विद्यालय जानबाट वञ्चित हुन नदिने गरी सरकारले नयाँ अभियान थालेको जानकारी गराउनुभयो । प्रधानमन्त्री ओलीले मगुमा एक बालिकालाई आफूले भर्ना गरेर अभियानको सुरुवात गरेको बताउँदै अब कोही पनि निरक्षर नहुने दावी गर्नुभयो ।
कर्णाली प्रदेश पछि पर्दैनः
प्रधानमन्त्री भएपछि पहिलो पटक कर्णाली प्रदेशमा आउनु भएका प्रधानमन्त्री ओलीले विकासका दृष्टिकोणले पछि परेको कर्णाली प्रदेशलाई केन्द्रले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले अब कर्णालीमा विकासको गाडी तीव्र गतिमा अघि बढ्ने बताउनु भयो ।

उहाँले कर्णाली प्रदेशमा कृषिको सम्भावना भएको बताउँदै कृषिको आधुनिकिकरणतर्फ सरकार केन्द्रीत हुने बताउनुभयो । प्रधानमन्त्री ओलीले कर्णालीका जडिबुटीको पहिचान, प्रशोधन, वितरण र प्रयोगमा ध्यान दिनुपर्ने पनि बताउनुभयो ।
कर्णाली प्रदेशलाई अर्गानिक बनाउन पनि लाग्नुपर्ने ओलीको भनाई छ । अब कर्णाली प्रदेशका सबै जिल्लाहरुमा सुर्खेतदेखि हवाई सेवा जोड्ने पनि प्रधानमन्त्री ओलीको दाबी छ ।
देश विकासका लागि जनप्रतिनिधीहरुले अब नेतृत्वदायी भूमिका खेल्नुपर्ने उहाँको भनाई छ । साथै उहाँले कृषि, जडिबुटी, स्वास्थ्य, पर्यटन, कृषिको विकासका लागि नयाँ ढंगले सोच्न पनि जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।
प्रधानमन्त्री ओलीले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निर्माणाधीन केन्द्रीय कार्यालयको भवनको पनि अनुगमन गर्नुभएको छ ।

धेरैले थाह नपाएको कुरा यसरी बोले ओलीलेः

कर्णाली प्रदेशकै धेरै नागरिकले थाह नपाएको  र ख्याल नगरेको भेरी र कर्णालीको दोभानबारे प्रधानमन्त्रीले रोचक ढङ्गले प्रस्तुत गर्नुभयो । हेर्नुहोस् पुरै भिडियोः