सिन्डिकेट हटाउने सरकारको कदमविरुद्ध व्यवसायी आन्दोलनमा

काठमाण्डौँ, ४ वैशाख (जागरण) । सिन्डिकेट हटाउन सरकारले चालेको कदमविरुद्ध यातायात व्यवसायीले वैशाख २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द गर्ने निर्णय गरेका छन् ।
सरकारले संशोधन गरेको सार्वजनिक यातायात व्यवस्थापन कार्य्विधि निर्देशिका खारेजीको काम गर्दै व्यवसायीले आन्दोलनको निर्णय गरेका हुन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सांकेतिक रुपमा वैशाख २० गते सबै यातायातका साधन बन्द गर्ने निर्णय गरेको छ । त्यसपछि २६ गतेसम्म भद्रगोल रुपमा सार्वजनिक यातायात सञ्चालन गर्ने रणनीति पनि तय भएको छ ।
आन्दोलनमा ट्रक व्यवसायीदेखि ट्रिपर र ट्यांकर व्यवसायीले पनि साथ दिएका छन् । यो आन्दोलनले यात्रु सेवा मात्रै नभएर माल सामान ढुवानी सेवा पनि अवरुद्ध गराउने उनीहरुको तयारी छ । ६ गते हामी प्रधानमन्त्री र प्रदेशका मुख्यमन्त्रीहरुलाई ज्ञापनपत्र बुझाउँने र त्यसपछि गाडीमा विरोधस्वरुप कालो झण्डा राखिने तयारी छ । १९ गते भने देशभरका यातायात कार्यालय घेराउ गर्ने तयारी यातायात व्यवसायीको छ ।
यति गर्दा पनि सरकारले आफ्नो मागको सुनुवाइ नगर सार्वजनिक यातायातका साधन ग्यारेजमै थन्काइने महासंघ स्रोतले बताएको छ । आन्दोलनका लागि महासंघले समति गठन गरेर तयारी थालिसकेको छ ।
–एजेन्सी