सुर्खेत, १९ फागुन (जागरण) ।
कर्णालीका सुकुम्वासीहरुले राजश्व तथा करमा छ्ट दिन माग गरेका छन ।
सुकुम्वासीहरुले कर्णाली प्रदेशका भुमि ब्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसीलाई ज्ञापन पत्र वुझाउदै सुकुम्वासी,अब्यवस्थित तथा वाढिपिडितहरुको लागी कुनैपनि प्रकारका कर तथा राजश्वमा छुटको ब्यवस्था गर्न माग गरेका हुन ।
सुकुम्वासीका युवा तथा वालवालीकाहरुलाई विभिन्न खाले प्राविधिक शिक्षाहरु,सिपमुलक तालीमहरु निशुल्क संचालन गर्नुपर्ने, शिक्षा ,स्वास्थ्य,रोजगारीको ब्यवस्था गर्न माग गरिएको सुकुम्वासी संघका कर्णाली प्रदेशका अध्यक्ष यामवहादुर मल्लले जानकारी दिनुभयो ।