आर्थिक अभावका कारण दैलेखमा रहेका हाते कागज उद्योग बन्द

सुर्खेत, १९ फागुन (जागरण) । आर्थिक अभावका कारण दैलेखमा रहेका हाते कागज उद्योग बन्द भएका छन् ।
गुराँस गाउँपालिका–७ ओखरेनीमा रहेको उद्योग कच्चा पदार्थ प्रशस्तै भएपनि आर्थिक नहुँदा बन्द भएका हुन् ।
जिल्लाको उत्तरमा पर्ने नौमुले गाउँपालिकाको द्वारीमा रहेको जीवन ज्योती नेपाली हाते कागज आर्थिक अभावले जीर्ण बनेको छ ।
स्थानीय सरकारले उद्योगको वेवास्ता गर्दा अधिकाँश युवा बेरोजगार बस्नुपरेको दैलेख नौमुलेका लालबहादुर चन्दले बताउनुभएको छ ।