मालेको प्रदेशस्तरिय प्रशिक्षण

सुर्खेत, १९ फागुन (जागरण) । नेकपा मालेले कर्णाली प्रदेशस्तरिय प्रशिक्षण गरेको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा मालेले आफ्नो पार्टीको संकल्प अभियान कार्यन्वयन अन्तर्गत प्रशिक्षण गरेको हो ।
मालेका केन्द्रिय सदस्य मानबहादुर शाहीको अध्यक्षतामा भएको प्रशिक्षणमा स्थायी कमिटि सदस्य कुमार बेलवासेले प्रशिक्षण दिनुभएको छ ।
प्रशिक्षणपछि बसेको प्रदेश कमिटिको वैठकले माथिल्लो कर्णाली जलविद्युत आयोजना नेपाल आफैले बताउनुपर्ने र जिएमआरलाई समय थप नदिन आग्रह गर्ने निर्णय गरेको छ ।
त्यसका लागि सरकारको ध्यानाकर्षण गराउनका लागि जनदवाव सिर्जना गर्ने निर्णय भएको मालेका प्रदेश कमिति सचिव बलबहादुर गिरीले जानकारी दिनुभयो ।
केही स्थानिय तहमा भ्रष्टाचार र अनियमितता भइरहेको भन्दै मालेले अनियमितता विरुद्ध परिणाममुखी काम गर्न जिल्ला कमितिहरुलाई निर्देशन समेत दिएको छ ।