जाजरकोटमा एसईई पास गराउन विद्यार्थीसँग घुस

सुर्खेत, २१ फागुन (जागरण) ।एसईई परीक्षामा विद्यार्थी पास गराउन भन्दै जाजरकोटको विद्यालयले रकम मागेको अभिभावकले गुनासो गरेका छन् ।
एसईई उतीर्ण गराउन विद्यार्थीलाई चिट चोराउनुपर्ने र त्यसका लागि पैसा चाहिने भन्दै हरेक विद्यार्थीबाट २५ सयदेखि तीन हजार रुपैयाँ रकम मागिएको अभिभावकले गुनासो गरेका छन् ।
छेडागाड नगरपालिका–५ को भाग्योदय माविमा विद्यार्थीहरुलाई कसरी पास गराउने भन्ने विषयमा शिक्षक र अभिभावक विच बसेको बैठकमा शिक्षकहरुले यस्तो बताएका हुन् ।


‘एसएलसी परीक्षा आएपछि जाजरकोटमा पहिले पनि यसरी पैसा उठाइने गरेको र अहिले पनि उठाउन थालिएको स्थानीय दीर्घबहादुर रावतले बताउनुभयो ।