सुर्खेत, २० फागुन (जागरण) । नेपाल विविध जातजाति धर्म र वर्ण भएका मानिसको बसोबास भएको राष्ट्र हो ।
विभिन्न जातजातिको बसोबास रहेको देश नेपालमा आधुनिक युग सम्म आइपुग्दा समेत जातिय छुवाछुत अन्त्य भने हुन सकेको छैन् ।
सुर्खेतको वीरेन्द्रनगर १६ निवासी रेशमकली सार्की, समुदायमा जातिय छुवाछुत तथा भेदभाव कै कारण उहाँलाई समाजमा खुलेर कुरा गर्न मन लाग्दैन । समाजले दलित भएकै कारण हेर्ने दृष्ट्रीकोण फरक छ उहाँ प्रतिको । सानो तिनो कुरामा निहुँ खोज्ने अनी त्यही बाहनामा दलित भन्दै अपशब्द बोल्ने गरेको उहाँको भनाइ छ ।
धारामा पानी लिन होस् या त धार्मिक कार्यमा दलित भन्दै हेप्ने गरेको उहाँको भनाई छ । दलित प्रति गर्ने व्यबहारमा परिवर्तन आएको भनिए पनि जातिय भेदभाब तथा छुवाछुत भने समाजबाट पुर्ण रुपमा अन्त्य हुन नसकेको बताउनुहुन्छ दलित अधिकारकर्मी नारायण विक
नेपालको संविधानमा नै छुवाछुत तथा भेदभाव विरुद्धको हकको उल्लेख गरेको छ । संविधानले कुनैपनि व्यक्तिलाई जात, जाति, वर्ण, लिङ्ग वा धर्म आदि कुनै आधारमा छुवाछुत गर्न नपाइने कानुनी व्यवस्था गरेको छ । जातिय छुवाछुत तथा भेदभाब गरेमा दण्ड सजायको व्यबस्था गरेको भएपनि यस्ता खालका घटना प्रशासनसम्म नपुग्ने गरेको गरेको बताउनु हुन्छ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रदीपकुमार क्षेत्री
अझैपनि समाजमा दलितको लागी छुट्टै भान्सा गर्ने चलन व्याप्त छ । ग्रामीण भेगमा जातिय भेदभाब तथा छुवाछुत गरेवापत कानुनी व्यबस्थाको बारेमा जानकार नहँनु तथा पुरातन सोचका कारण पनि एक जातीले अर्को जातीलाई जातिय भेदभाव गर्ने गरेको पाइन्छ । नेपालमा जातिय भेदभाव गरेमा कस्ता कस्ता सजाय तथा कसुरको व्यबस्था गरेको छ त ? अधिवक्ता बसन्त विश्वकर्मा
धर्म, वर्ण, सम्प्रदाय, जाति आदिको नाममा गरिने छुवाछुत अल्प विकसित तथा अविकसित देशहरूमा बढी पाइन्छ । यो नेपालमा पनि कायमै छ ।
छुवाछुतको कुरीतिले निकै गहिरो जरा गाडेको छ । तथाकथित तल्लो जात अथवा दलित जातजातीले छोएको पानी बार्ने, धार्मिक स्थलहरूमा उनीहरूलाई जान रोक्ने आदी कुप्रथा कतिपय समाजमा अझैपनि कायम छ । यसलाई निरुत्साहित पार्नको लागी सरोकारवाला सचेत हुन आवश्यक छ ।