दुई तेक्वान्दो संघको विवाद समाधानै नगरी सुचना प्रकाशन

सुर्खेत, २१ फागुन (जागरण) । राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले गरेको निर्देशनलाई जिल्ला खेलकुद विकास समिति सुर्खेतले लत्याएर अघि बढेको भन्दै राष्ट्रिय तेक्वान्दो संघले विरोध गरेको छ ।
नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघ बीचको अस्तित्वको विवाद समाधान गर्न राखेपले निर्देशन गरेको भए पनि त्यसलाई लत्याइए पछि विरोध भएको हो ।

राखेपले पठाएको पत्र ।

राखेपले गत कात्तिक २७ गते जारी गरेको पत्रमा विवाद समाधान गरेर मात्रै आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा सहभागि गराउन निर्देशन गरिए पनि जिल्ला खेलकूद विकास समिति सुर्खेतले छलफल नै नगरी सुचना प्रकाशित गरेको राष्ट्रिय तेक्वान्दो संघ कर्णाली प्रदेशले जनाएको छ ।

ध्यानाकर्षण पत्र ।

संघका कर्णाली प्रदेश संयोजक खिमलाल देवकोटा र सुर्खेत जिल्ला संयोजक कृष्ण बहादुर रानाद्वारा जारी भएको ध्यानाकर्षणपत्रमा राखेपको निर्णय कार्यन्वयन नगरिए कडा आन्दोलन हुने जनाइएको छ ।