राप्रपाको मेची–महकाली यात्रा भोली सुर्खेत आउने

सुर्खेत, २२ फागुन (जागरण) । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउन सुर्खेतमा दबावमुलक कार्यक्रम गर्दैछ ।

राष्ट्रिय स्वाभिमान यात्रा

राप्रपाले मेचि महाकालि राष्ट्रिय स्वाभिमान यात्रा अन्तर्गत सुर्खेतमा आम सभाको आयोजना गर्ने भएको हो । भोली बिहान सुर्खेतको भेरीगंगा नगरपालिकाको छिन्चुमा कोण सभा गर्ने र वीरेन्द्रनगरमा आमसभाको आयोजना गरिने राप्रपा सुर्खेतले जनाएको छ ।
आमसभामा राप्रपाका अध्यक्ष कमल थापाको नेतृत्वमा पार्टीका नेताहरुको सहभागिता रहनेछ । देशमा हिन्दु राष्ट्र स्थापनाका लागि दबाब दिन यही फागन १५ गतेदेखि मेची–महकाली यात्रा गरिरहेको छ ।