सुर्खेतमा भोली देखि ‘रारा राष्ट्रिय नाटक महोत्सव २०७५’ हुने भएको छ ।
नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री इशवर पोखरेलले महोत्सवको उद्घाटन गर्ने आयोजकले जनाएका छन् ।
सांस्कृतिक संस्थान र आरङ्ग नेपाल सुर्खेतको संयुक्त आयोजनामा नाटक हुने भएको हो । नाटक महोत्सवमा देशभरीका १३ वटा नाटक प्रर्दशन हुने आयोजकले जनाएको छ ।
देशका विभिन्न क्षेत्रको भाषा, संस्कृति भेषभुषा र मौलिकता झल्किने नाटकहरु प्रदर्शन हुने महोत्सवमा संयोजक प्रभाकर शर्माले जानकारी दिनुभयो ।
उहाँले सरकारको ‘समृद्ध नेपाल र सुखी नेपाली’ को नारालाई सार्थकता दिनका लागि पनि त्यसै अनुसारका नाटकहरु प्रदर्शन हुन लागेका बताउनुभयो । नाटक हेर्नका लागि एक सयदेखि २ सय रुपैयाँसम्म टिकटको व्यवस्था गरिएको छ ।