पढाई नै प्रभावित गर्नेगरी आन्दोलन गर्ने राहत शिक्षकलाई जनता यसो भन्छन् (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, २२ फागुन (जागरण) । देशभरका विद्यालयमा ४० हजार राहत शिक्षक र ३६ हजार बाल बिकास केन्द्रका शिक्षक कार्यरत छन् । राहत शिक्षक आन्दोलित भएपछि केही सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको छ ।
राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिनुका साथै बालबिकास केन्द्रका शिक्षक, विद्यालय कर्मचारी र कार्यालय सहयागीलाई थप सेवा सुबिधासहित स्थायी गर्नुपर्ने, सार्वजानिक विद्यालयमा कार्यरत राहत, अस्थाइ, राहत, सट्टा, बाल बिकास केन्द्रका शिक्षकबीचको भेदभाव हटाउनुपर्ने, राहत शिक्षकहरुलाई स्थायी परीक्षामा सामेल हुँदा उमेरको हद हटाउनुपर्ने जस्ता माग राख्दै शिक्षकहरु आन्दोनमा उत्रिएका छन् ।
यसैबिच आफुहरुलाई स्वतः स्थायी गर्नुपर्ने भन्दै आन्दोलनमा उत्रिएका राहत शिक्षकहरुलाई तपाई के भन्नुहुन्छ ? भनेर हामीले जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ, जनताको आवाज जस्ताको त्यस्तैः