पूर्वाधार र सुशासनबारे अरुले सिक्नेगरी काम गर्दै वीरेन्द्रनगर (अडियो सहित)

मुना हमाल ।
सुर्खेत, २२ फागुन (जागरण) । जागरणले नियमीत रुपमा स्थानिय सरकारका गतिविधिहरुलाई प्रकाशन र प्रशारण गर्ने गरेको छ । स्थानिय सरकार जनताको सवैभन्दा नजिकको सरकार हो । नजिकको सरकारले गरेका काम नागरिकका लागि चासोको विषयवस्तु हो ।

स्थानिय विकासका लागि राम्रो काममा प्रोत्साहन र नराम्रो कामलाई खवरदारी जो कोही पनि गर्नैपर्छ । अहिले स्थानिय तहहरु चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका विकासका योजनाहरुको कार्यन्वयन गर्ने क्रममा छन् । चालु आर्थिक वर्षको असारमा भएका गाउँसभाले निर्धारण गरेका योजनाहरु कार्यन्वयन हुँदैछन् ।
कर्णाली प्रदेशको राजधानी भएकै कारण पनि वीरेन्द्रनगर नगरपालिकाको विकास निर्णणको काम प्रदेशकै लागि महत्वको विषय रहन्छ । स्थानीय सरकार अन्तर्गत आज हामीले वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालसंग कुराकानी गरेका छौँ । उहाँलाई हामीले यो आर्थिक बर्षमा के के काम गर्नुभयो ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् कुराकानीः