सुर्खेतमा रारा राष्ट्रिय नाटक महोत्सव आजदेखि

सुर्खेत, २३ फागुन । (जागरण) । सुर्खेतमा आजदेखि रारा राष्ट्रिय नाटक महोत्सव हुने भएको छ । सांस्कृतिक संस्थान र आरङ्ग नेपाल सुर्खेतको संयुक्त आयोजनामा यही फागुन २३ गतेदेखि २९ गतेसम्म नाटक महोत्सव हुने भएको हो ।
महोत्सवको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले गर्नुहुने आयोजकले जनाएको छ ।
महोत्सवमा देशैभरका सात वटै प्रदेशको प्रतिनिधित्व हुनेगरी १३ वटा नाटक प्रर्दशन हुने आयोजकले जनाएको छ ।
देशका विभिन्न क्षेत्रको भाषा, संस्कृति भेषभुषा र मौलिकता झल्किने नाटकहरु प्रर्दशन हुने महोत्सवमा रारा राष्ट्रिय नाटक महोत्सवका संयोजक प्रभाकर शर्माले जानकारी दिनुभयो ।


उहाँले नाटक महोत्सवले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थकता दिन सहयोग पुग्ने बताउनुभयो ।
महोत्सवको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजकले जनाएको छ । सुर्खेतको प्रहरी ब्यामशालामा महोत्सवमा आयोजना हुनेछ । नाटक हेर्नका लागि एक सयदेखि २ सयसम्म टिकटको व्यवस्था गरिएको छ ।
यस्तो छ नाटक प्रर्दशन हुने तालिका
फागुन २४ गते १ नम्बर प्रदेशको सोलुखुम्बु नाट्य समुहबाट ‘आरन’, सोही ७ नम्बर प्रदेशको खप्तड सांस्कृतिक मञ्च परिवारबाट ‘छाउ’ प्रदर्शन हुनछ ।
फागुन २५ गते १ नम्बर प्रदेशका मानव अधिकार मञ्च नेपाल, इलामबाट ‘म पहिलो सन्तान किसान जन्माउछु’ र त्यसैदिन कर्णाली प्रदेशको कर्णाली कला प्रतिष्ठान, सुर्खेतबाट ‘आमाको सपना’ नाटक प्रदर्शन हुने छ ।

यस्तै २६ गते २ नम्बर प्रदेशको श्री गढीमाई नाट्य कला केन्द्रबाट नाटक ‘दहेज आ दारु’ र त्यसै दिन सुदुरपश्चिम प्रदेशको सुदुर पश्चिमाञ्चल साहित्य समाज कैलालीबाट ‘श्रीमान् वीरबहादुर’ नाटक प्रदर्शन हुने छ ।
यस्तै फागुन २७ गते विहान ११ बजे तीन नम्बर प्रदेशको साइलेन्ट एक्ट, काठमाडौंबाट नाटक ‘जिउँदो आकाश’ र कर्णाली प्रदेशको कर्णाली खस संस्कृति मञ्च जुम्लाबाट ‘फड्को’ नामक नाटक प्रर्दशन हुनेछ ।
२८ गते चार नम्बर प्रदेशका मञ्जरी नाट्य समुहे नाटक ‘नौगेडी’ र प्रदेश ५ काशान्तिका लागि युवा सञ्जाल बर्दियाबाट ‘हिटवा’ नाटक प्रर्दशन हुनेछ ।
महोत्सवको अन्तिम दिन फागुन २९ गते ४ नम्बर प्रदेशको युथ क्रिएसन थिएटर पोखराबाट नाटक ‘घेरो’ र ३ नम्बर प्रदेशको ङ समुह काठमाण्डौबाट ‘एक बोली एक दाम’ नाटक प्रर्दशन हुनेछ ।

सुन्नुहोस अडियोः