सुर्खेत, ४ वैशाख (जागरण) । कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको तिन महिनाका लागि चैतमा ल्याउने भनेको बजेट ल्याउन ढिला गरेको छ । चैतभित्रै बजेट ल्याउने भने पनि कर्णाली रारा पर्यटन वर्षका कारण प्रभावित भएको भन्दै बजेट ल्याउन ढिला भएकोे आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले जागरणलाई बताउनुभयो । प्रदेश सरकारले प्रदेश सरकारका लागि केन्द्र सरकारले दुई अर्ब २ करोड पाँच लाख रुपैँया दिएको छ ।
उहाँले अब संसदमा सरकारको निति कार्यक्रम पेश भएपछि पास भयो भने त्यसको आधारमा बजेट ल्याउने तयारी भएको र अब छिटै बजेट ल्याउने बताउनु भयोे ।
उहाँले बजेटमा पुर्वाधार विकास,कृषि पर्यटन, जडिबुटी व्यवस्था, शिक्षा स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथकिता दिएर बजेट ल्याउने बताउनु भयो ।