आज १ सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवस

सुर्खेत, २४ फागुन । (जागरण) । आज १ सय नौँ अन्तर्रा्ष्ट्रिय नारी दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ । लौङ्गिक समानताका लागी समान सोच र व्यबहार समृद्वीको आधार भन्ने मुल नाराका साथ दिवस मनाइदैछ ।
समान कामको समान ज्याला र कामको समय ८ घण्टा हुनुपर्ने माग राखेर अमेरिकाको न्युयोर्क सहरमा उठेको श्रमिक महिलाको आन्दोलनले संस्थागत स्वरूप ग्रहण गरेको १ सय ९ वर्ष पूरा भएको छ ।


सन् १९०८ मार्च ८ मा न्यूयोर्क शहरको गार्मेन्ट कारखानामा काम गर्ने महिला कारखानाका मालिक विरूद्ध सडकमा उत्रेका थिए ।
सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तराष्ट्रियस्तरको श्रमिक महिलाको सम्मेलनले महिलाले आन्दोलन शुरु गरेको दिनलाई अन्तराष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरेयता हरेक वर्ष ८ मार्चमा यो दिवस मनाउने गरिएको छ ।
दिवसका अबसर कर्णाली प्रदेशमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।