सुर्खेत, २४ फागुन । (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेश स्तरिय क्यान इन्फोटेक २०१९ हुने भएको छ । इन्फोटेक आजदेखि २८ गतेसम्म सञ्चालन हुने इन्फोटेकको सम्पुर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
इन्फोटकमा ४२ वटा स्टल रहने आयोजकले जनाएको छ ।
मेलामा राष्ट्रियस्तरका स्तरका व्यबवसायिको सहभागिता रहने छ । मेलामा नेपालमा भित्रिएका नयाँ प्रविधीको प्रदशनि मुख्य रहने बताइएको छ ।
दश वटै जिल्लाबाट सहभागिता हुने मेलामा समृद्व नेपालका लागी डिजिटल कर्णाली अभियानलाई सहयोग पुग्ने अपेक्षा गरिएको इन्फोटेकका अध्यक्ष पे्रमप्रकास चन्दले बताउनुभयो ।