चन्दको उपचारमा समस्याः आर्थिक सहयोग गरिदिन अनुरोध

सुर्खेत, २४ फागुन । (जागरण) । सुर्खेतको चिङ्गाढ गाउँपालिका वडा ४ का बले चन्दको उपचारमा समस्या भएको छ । घरको आर्थिक अबस्था नाजुक भएपछि उहाँको उपचारमा समस्या भएको हो । ४८ वर्षीया चन्दको गत पुष १८ गते बाख्रा चराउन जादा ढुङ्गा लागेर खुट्टा भाचिएको थियो ।


घटना लगतै अस्पताल भर्ना गरिएका चन्दको उपचारका क्रममा सबै रकम सकिएपछी उहाँको उपचारका लागी आर्थिक सहयोग गरिदिन आफन्तले अनुरोध गरेका छन् ।
दुइवटै खुट्टा भाचिएकाले हाल प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको  उहाँकाे  बहिनी कल्पना  सिह‌ले बताउनुभयाे ।

चन्दलाइृ सहयाेग गर्ने व्यक्तिले कल्पनाको नेपाल बैङ्कमा रहेको खाता नं १९४०११००८०८४०९०००००१ मा रकम जम्मा गर्न सक्नुहुनेछ ।

साथै कल्पनाको फोन न ९८६८६४४९११ र ९८६८२२६७४४ मा सम्पर्क गर्न सक्नुहुनेछ ।